क्यानडाविरुद्धको खेलमा नेपालले गुमायो चार विकेट

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गतको जारी पहिलो खेलमा नेपालले चार विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा टस जित्दै पहिला ब्याटिङ रोजेको नेपालले दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखसहित रोहित पौडेल र भिम सार्कीलाई गुमाएको हो ।
अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भएका हुन् भने ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए ।
कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। त्यस्तै भीम सार्की १७ रन जोड्दा चौथो विकेटको रुपमा आउट भए।
खेलमा नेपालले २५ ओभर र चाल बलमा १२७ रन बनाएको छ । अहिले आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन्।
प्रतिक्रिया