क्यानडाविरुद्धको खेलमा नेपालले गुमायो चार विकेट
काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गतको जारी पहिलो खेलमा नेपालले चार विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा टस जित्दै पहिला ब्याटिङ रोजेको नेपालले दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखसहित रोहित पौडेल र भिम सार्कीलाई गुमाएको हो ।
अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भएका हुन् भने ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए ।
कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। त्यस्तै भीम सार्की १७ रन जोड्दा चौथो विकेटको रुपमा आउट भए।
खेलमा नेपालले २५ ओभर र चाल बलमा १२७ रन बनाएको छ । अहिले आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया