रुविनाको कीर्तिमानी शतकमा माल्दिभ्सलाई दुई सय २८ रनको चुनौती
काठमाडौं । नेपाली टोलीकी प्रमुख महिला खेलाडी रुविना क्षेत्रीको उत्कृष्ट ब्याटिङमा नेपालले एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई जितका लागि दुई सय २८ रनको चुनौती दिएको छ ।
मलेसियाको क्वालालाम्पुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय २७ रनको योगफल बनायो । नेपालका लागि रुविनाले सर्वाधिक एक सय १८ रनको योगदान दिइन् ।
उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बनिन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् ।
आजको खेलमा रुविनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित एक सय १८ रन बनाएको हो । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रन बनाएको थियो । त्यस्तै सीता रानामगरले १५ रन जोड्दा कविता कुवँले १३ रन बनाइन् । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिइन भने नब्बा नासिमले एक विकेट लिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया