लक्ष्यअनुसार उठेन राजश्व, पुँजीगत खर्च २१ प्रतिशत मात्रै
काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा लक्षयअनुसारको राजश्व संकलन गर्न सकेको छैन । सात महिनामा ३९.८९ प्रतिशत अर्थात पाँच खर्ब ६४ अर्ब १० करोड रूपैयाँ राजस्व संकलन गरेको हो। चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्षमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
त्यस्तै सरकारले चालु आवमा गैर कर राजस्वतर्फ एक खर्ब १७ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। गैर कर राजस्वमध्ये ४८.६१ प्रतिशत अर्थात् एक खर्ब १७ अर्ब ६ करोड रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ।
सरकारले माघ मसान्तसम्ममा कुल लक्ष्यको ४०.१७ प्रतिशत अर्थात् ६ खर्ब ७९ अर्ब ३८ करोड रूपैयाँ खर्च गरेको छ। सरकारले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
पुँजीगत खर्च २१ प्रतिशत
माघमसान्तसम्ममा सरकारले लक्ष्यको २१.०५ अर्थात ६३ अर्ब २७ करोड मात्रै खर्च गरेको छ । चालु आवमा सरकारले तीन खर्ब २ अर्ब ७ करोड पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । त्यस्तै चालु खर्चतर्फ ५ खर्ब तीन अर्ब ५९ करोड अर्थात ४४.५८ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै चालु आव वित्तीय व्यवस्थापनतर्फ कुल बजेट लक्ष्यको ३७.१२ अर्थात एक खर्ब १२ अर्ब ५१ करोड रूपैयाँ खर्च गरेको छ । सरकारले वित्तिय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रूपैयाँ बजेटको लक्ष्य राखेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया