आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब तोकियो

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले यसबारे जानकारी दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो ।
सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको लक्ष्य घटाएको छ । संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ कायम गरेको थियो ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया