लिग टू : आज नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत आज नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल अहिले बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा हुने तय छ ।
पहिलो खेलमा हार व्यहोरेको नेपाल दोस्रो खेलमा नेदरल्यान्डमाथि जित निकाल्ने ध्येयमा छ । तर नेदरल्यान्डसँगको प्रतिस्पर्धा नेपालका लागि सहज भने छैन । गत जुनमा जिम्बावेमा सम्पन्न आइसिसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।
यसअघिको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी शनिबार भने नेपालका लागि मैदानमा उत्रनेछन् । यसअघि दुबईमा रहेका कारण उनले नेपालको खेल गुमाएका थिए । आरिफ शेख पनि आज प्लेइङ ११ मा पर्ने सम्भावना छ ।
यी दुईलाई अवसर दिँदा पवन सर्राफ र आसिफ शेख बेन्चमा रहनेछन् ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया