आचारसंहिताप्रति असन्तुष्टि जनाउँदै एमाले निर्वाचन आयोगमा

काठमाडौं । निर्वाचन आचारसंहितामाथि असन्तुष्टि जनाउँदै एमाले निर्वाचन आयोग गएको छ ।
महासचिव कमरेड शंकर पोखरेलको नेतृत्वमा एमाले आज दिउँसो १ बजे निर्वाचन आयोग गएको हो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता एमालले चित्त बुझाएको छैन । यसैको असहमति जनाउन एमाले निर्वाचन आयोग गएको प्रचार विभाग प्रमुख विष्णु रिजालले नेपालवाचलाई जानकारी दिए ।
आयोगले हालै मात्र पास गरेको आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको छ । एमालेले यसैमाथि ध्यानाकर्षण गराउन लागेको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया