कटन क्यान्डीमा हुने ‘रोडामाइन बी’ किन हानिकारक मानिन्छ ?

एजेन्सी । हालैमा ‘कटन क्यान्डी’ मा हानिकारक रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुला रूपमा बिक्री वितरण भइरहेकाे कटन क्यान्डीमा राेक लगायाे । नेपालमा मात्र नभएर भारत सरकारले पनि कटन क्यान्डीले स्वास्थ्यमा गम्भीर असर पुर्याउने जनाँउदै यसमा प्रतिबन्ध लगाउन थालेकाे छ ।
मानव स्वास्थ्यलाइ हानिकारक मानिएकाे ‘रोडामाइन बी’ के हो ?
कटन क्यान्डीमा पाइने ‘रोडामाइन बी’ एक सिंथेटिक डाई हो । जसले यसमा रंग भर्छ र गुलाबी प्रकारको रंग दिन्छ । यो रसायन कपडा, कागज र छाला उद्योगमा व्यापक रूपमा प्रयोग गरिन्छ। यसको कारण यो पानीमा छिट्टै घुल्छ । यो रसायन अन्यको तुलनामा सस्तो पनि भएको हुनाले यसको प्रयोग व्यापक भएको पाइन्छ ।
त्यसैले रोडामाइन बीलाई कपडा, छाला र अन्य उद्योगहरूमा प्रयोग गर्न अनुमति दिइएको छ। तर यो स्वास्थ्यको दृष्टिकोणमा स्वस्थ मानिदैन् । त्यसैले खाद्य पदार्थमा यसको प्रयोग भने निषेधित छ ।
कस्ता पर्दाथमा पाइन्छ ?
‘रोडामाइन बी’ ले रातो र गुलाबी रंगहरू दिन्छ । त्यसैले सामान्यतया गुलाबी रंगहरुको खाद्य पदार्थमा यसकाे बढी मात्रामा प्रयोग गरिन्छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया