नेदरल्याण्ड्स विरुद्ध नेपालले दियो १८५ रनको लक्ष्य
काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले एक सय ८५ रनको लक्ष्य दिएको छ।
टियू मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
नेपालका लागि नेपालका लागि ओपनर कुशल भुर्तेल १० बलमा २० रन बनाएर आउट भए। त्यस्तै कप्तान पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका थिए।
कुशल मल्लले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाएर आउट भएका हुन् । त्यसअघि नेपालका दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए। त्यसअघि ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रन अघि नै आउट भएका थिए। उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भएका हुन् ।
नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २ विकेट लिए ।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया