यी हुन् दीपेन्द्रसिंह ऐरीभन्दा अगाडि ६ बलमा ६ छक्का हान्ने चार खेलाडी
काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने रेकर्ड बनाएका छन् । यस्तो असामान्य रेकर्ड यसअघि चार खेलाडीले बनाइसकेका छन् ।
एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने दीपेन्द्र तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका ६ बलमा दीपेन्द्रले ६ छक्का प्रहार गरेका हुन् । उनले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । जसमा नेपाल ३२ रनले विजयी बनेको छ ।
यसअघि चार खेलाडीले यस्तो रेकर्ड बनाएका छन् । दक्षिण अफ्रिकाका हर्सल गिब्स, भारतका युवराज सिंह, वेष्ट इन्डिजका काइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले यस्तो रेकर्ड बनाएका थिए ।
दक्षिण अफ्रिकाका खेलाडी हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।
भारतका युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका हुन् ।
वेस्टइन्डिजका चर्चित खेलाडी काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए भने अमेरिकाका जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए ।
यो रेकर्डधारी खेलाडीको पाँचौ नम्बरमा नेपालका ऐरी पनि परेका छन् । दीपेन्द्रको नाममा टिी–२० खेलमा सबैभन्दा छिटो अर्धसतक हानेको रेकर्ड समेत छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया