स्थानीय तह चुनाव : जहाँ मतदान हुँदैन
काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा तमनखोला गाउँपालिका–६, बागलुङमा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे ।
यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन् ।
गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश रसाइली तथा निर्मला विक र एमालेका तर्फबाट मैनदेवी छन्त्याल सदस्यमा निर्विरोध भएका थिए । वडाभित्रको मतभारका आधारमा पद विभाजन गरिएको थियो । त्यसअघि १५ वर्षसम्म जनप्रतिनिधि नहुँदा पनि अध्यक्ष र सदस्य तोकिएको कान्तिपुर दैनिकमा खबर छ ।
त्यतिबेला उनीहरूले सामाजिक क्षेत्रका काम गर्थे । अध्यक्ष भने कुलबहादुर नै थिए । ‘मैले लगातार २० वर्ष काम गरेँ,’ उनले भने,‘अब भने मलाई बस्ने मत छैन । नयाँ नेतृत्वका लागि छलफल हुँदैछ ।’
उनले युवालाई नेतृत्वमा ल्याउने तयारी भइरहेको जानकारी दिए । मिलेर काम गर्दा सफल भएको उनको अनुभव छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया