सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने तयारी गरेको छ ।
संविधानमा संघ सरकारले जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नुपर्ने र त्यसअघि दुवै सदनमा राष्ट्रपतिमार्फत आफ्ना नीति तथा कार्यक्रम घोषणा गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार, मंगलबारका लागि बोलाइएको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको हो ।
संघीय संसद् सचिवालयले मंगलबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको जनाएको छ ।
नीति तथा कार्यक्रमको प्रस्तुतिलगत्तै यसमाथि संसदमा छलफल चलाउने योजना छ । संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभामा जेठ ३,४,६,७,८ र ९ गते तथा राष्ट्रियसभामा जेठ ३, ४ र ६ गते छलफल हुनेछ ।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले यससम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदको कामकारबाही अवरोध गरिरहेकाले के हुने भन्ने अन्योल देखिएको छ ।
प्रतिक्रिया