निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनी अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृृत हुनुपर्ने

काठमाडाैं । सरकारले निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृृत हुनुपर्ने व्यवस्था गरेकाे छ ।
मंगलबार संसद्भमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो व्यवस्था बारे जानकारी दिएका हुन् ।
त्यसैगरी पुँजीबजारका लगानीकर्ताको लगानी र हीत संरक्षण गर्न धितोपत्र बोर्ड संस्थागत सूचीकरण गर्ने भएकाे छ । साथै नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङको संरचनागत सुधार गर्ने, वस्तु विनिमयको बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने भएको छ ।
प्रतिक्रिया