मोदीले आज तेस्रो कार्यकालको पहिलो बजेट ल्याउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले तेस्रो कार्यकालको पहिलो बजेट आज ल्याउँदै छ । वित्त मन्त्री निर्मला सीतारामणले आज बस्न लागेको संसदको बैठकमा बजेट प्रस्तुत गर्न लागेकी हुन् ।
सोमबार उनले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् जसमा २०२४/२०२५ मा भारतको जीडीपी करिब सात प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ ।
बजेट अधिवेशनको पहिलो दिन मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक एकै व्यक्तिको नेतृत्वमा सरकार बनेको र तेस्रो कार्यकालको पहिलो बजेट ल्याउन लागेको जानकारी दिए ।
उनले यो बजेट अमृतकालको महत्वपूर्ण बजेट भएको उल्लेख गर्दै उनले यसले आगामी पाँच वर्षको कामको दिशा तय गर्ने दाबी गरे । यो बजेटले सन् २०४७ को विकसित भारतको पूरा गर्न जग बसाल्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया