वैशाख ४ सम्ममा उम्मेदवार टुंगो लगाउन गठबन्धनबीच सहमति
काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनका लागि वैशाख ४ भित्र टुंगो लगाउन निर्देशन दिने समझदारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले वैशाख ४ भित्र उम्मेदवार टुंग्याउन निर्देशन दिने निर्णय गरेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
यसअघि चैत मसान्तसम्ममा उम्मेदवार टुंगो लगाउने समयसीमा भए पनि सो बेलासम्म सहमति हुने नदेखिएपछि समय लम्ब्याइएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेताहरूले तालमेल गर्ने तालमेल गर्ने निर्णय गरेका छन् ।
तालमेलको प्रारूप तयार गर्न बैठक बसेकाे हो ।
सोमबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकपछि अपिल जारी गर्दै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिल गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया