नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
काठमाडौं । टी–२० सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको डलासमा जारी सिरिजको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १७० रन जोड्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । नटआउट रहेर ५४ बलको सामना गरेका उनले ९२ रन जोडे । यसक्रममा उनले ७ चौका र ६ छक्का हिर्काए ।
त्यस्तै अनिल साहले २५, रोहित पौडेलले १८ रन जोडे । नेपालका अन्य ब्याटरले भने दोहोरो रनको योगदान दिन सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन र आशिफ शेखले १ रनमै आउट भए ।
अमेरिकाका नोसथुम केनजिग र जसदीप सिंहले २/२ विकेट लिए ।
सिरिजअन्तर्गतको दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो खेल १७ रनले आफ्नो पक्षमा पारिसकेको छ । आजको खेलमा नेपालले जितको सिलसिला कायम गरेमा एक खेलअघि नै सिरिज पोल्टामा पर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया