नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । टी–२० सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको डलासमा जारी सिरिजको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १७० रन जोड्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । नटआउट रहेर ५४ बलको सामना गरेका उनले ९२ रन जोडे । यसक्रममा उनले ७ चौका र ६ छक्का हिर्काए ।
त्यस्तै अनिल साहले २५, रोहित पौडेलले १८ रन जोडे । नेपालका अन्य ब्याटरले भने दोहोरो रनको योगदान दिन सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन र आशिफ शेखले १ रनमै आउट भए ।
अमेरिकाका नोसथुम केनजिग र जसदीप सिंहले २/२ विकेट लिए ।
सिरिजअन्तर्गतको दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो खेल १७ रनले आफ्नो पक्षमा पारिसकेको छ । आजको खेलमा नेपालले जितको सिलसिला कायम गरेमा एक खेलअघि नै सिरिज पोल्टामा पर्नेछ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया