महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकेको छ । स्थानीय तहका उम्मेदवार टुंगो लगाउनुपर्ने दबाबमा रहेको कांग्रेसले यसबारे यसबारे छलफल गर्न बैठक डाकेको हो ।
महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरबारे आजको बैठकमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रत्यासी धेरै भएपछि कांग्रेसका नगर कमिटीले नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । कांग्रेस विधानमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रबाट टुंगो लगाउने प्रावधान छ ।
सत्तासाझेदार दलबीच स्थानीय तहमा तालमेल गर्ने सहमति बनेको छ । तर अहिलेसम्म भागबण्डा टुंगो लागिसकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया