अन्तरिक्ष यात्री २८० दिनदेखि अलपत्र , फिर्ता ल्याउने मिसन फेरि स्थगित
काठमाडौं । अन्तरिक्ष यात्री सुनीता विलियम्स र बैरी बुच विल्मोरको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फिर्ता हुने मिसन स्थगित भएको छ । नासा र स्पेसएक्सले अन्तरिक्षमा फसेका उनीहरूको फिर्तीका लागि संयुक्त रूपमा मिसन सञ्चालन गरिरहेका छन्।
यी अन्तरिक्ष यात्रीहरूको फिर्ताको लागि फाल्कन–९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिनुपर्ने थियो । तर यसमा केही हाइड्रोलिक समस्या उत्पन्न भएपछि बुधबारका लागि निर्धारण गरिएको प्रक्षेपण स्थगित गरिएको हो ।
स्पेसएक्सले यसको मेसिनमा उत्पन्न भएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने बारेमा केही जानकारी दिएको छैन।
यसले चार नयाँ अन्तरिक्ष यात्रीहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जानुपर्ने र त्यहाँबाट सुनीता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउनुपर्नेछ।
दुवै यात्रीहरूले ५ जुन २०२४ मा यस परीक्षण मिसनको लागि स्टारलाइनर अन्तरिक्ष यानबाट उडान भरेका थिए। ६१ वर्षीय विल्मोर र ५८ वर्षीया सुनीतालाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याएको थियो। यो आफ्नो प्रकारको पहिलो उडान थियो जसमा मानिसहरू सवार थिए। तर आठ दिनपछि फिर्ता हुनुपर्ने उनीहरू उतै फसेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया