गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटारमा !
काठमाडौं । चुनावी तालमेल मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरी प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।
बैठक चलिरहँदा राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । यद्यपि, अनौपचारिक भेटघाट भएकाले गाडीको झण्डा भने छोपिएको छ ।
बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अमेरिकी राजदूत बेरी बालुवाटार गएका हुन् । उनीहरूबीचको भेट पूर्व निर्धारित रहेको स्रोतको दाबी छ ।
६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवारको दलीय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक आज बिहान निष्कर्षविहीन बनेको थियो ।
बैठकमा माओवादी केन्द्र र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको हो ।
सहमति जुटाउन पुनः बैठक बसेको हो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया