प्रचण्डकी बुहारी पोखरा उपमेयरको उम्मेदवारमा सिफारिस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी पोखरा महानगरपालिकाको उपप्रमुख (उपमेयर)को उम्मेदवारमा सिफारिस भएकी छिन् ।
महानगर कमिटीको आज बसेको पूर्ण बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि उनलाई पोखराको उपमेयरमा सिफारिस गरेको हो ।
उपप्रमुखमा तीन जनाको नाम सिफारिस गर्दा सिर्जनाको नामसमेत परेको हो ।
सिर्जना प्रचण्डपुत्र प्रकाशकी माइली श्रीमती हुन् । माओवादीका नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग सम्बन्ध बिच्छेद भएपछि प्रकाशले सिर्जनासँग मागी विवाह गरेका थिए ।
पछि पुन प्रकाशले वीना मगरसँग तेस्रो विवाह गरे । प्रकाशको ०७४ मा निधन भइसकेको छ ।
सिर्जना माओवादीको जन वर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य हुन् । केही वर्षयता उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया