चुनावी तालमेलबारे गठबन्धनमा सहमति जुट्न सकेन, मंगलबार फेरि बैठक बस्ने
काठमाडौं । स्थानीय निर्वाचनका उम्मेदवारको भागबण्डा मिलाउन बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा सहमति जुट्न नसकेको हो ।
६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि आज दुईपटक बैठक बसेको हो ।
आज सहमति जुट्न नसके पनि आफूहरू सहमतिनजिक पुगेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सहमतिका लागि मंगलबार साढे ११ बजे गठबन्धनको बैठक पुनः बस्ने उनले जानकारी दिए ।
‘हामी सहमतिको नजिक पुगेका छौं । भोलि फेरि बैठक बस्नेछ, त्यसपछि मैले तपाईँहरुलाई सहमतिको खाका सुनाउनेछु’, बैठकपछि प्रतिक्रिया दिँदै उनले भने ।
बैठकमा माओवादी केन्द्र र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको बताइएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया