पूर्णबहादुरको सारंगी सफलतापछि निर्माण टिमले घोषणा गर्याे नयाँ चलचित्र ‘चुले निम्तो’
काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगी निर्माण टिमले नयाँ चलचित्र ‘चुले निम्तो’ बनाउने घोषणा गरेको छ ।
निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालको संयुक्त सहकार्यमा निर्माण हुन लागेकाे चलचित्रमा दीपक वलीले निर्देशन र लेखक महेश दवाडीको स्क्रिप्ट हुुने छ ।
कमेडी जनरामा बन्न लागेको चलचित्रको केही महिनापछि छायांकन सुरु हुुने जानकारी दिइएको छ । चलचित्रको पोस्टर बिहेको कार्डको स्वरुपमा देखाइएको छ । निमार्ताद्वय प्याट्रिक सुवेदी र रमेश ढकालले निमार्ण गरेको पछिल्लो चलचित्र पूर्णबहादुरको सारंगीलाई दर्शकले सर्वाधिक रुचाएका थिए ।
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया