‘गुण्डानाइके’को छवि बनाएका बस्नेत विराटनगरको मेयरमा सिफारिस
काठमाडौं । आसन्न स्थानीय चुनावमा विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट परशुराम बस्नेतको नाम सिफारिस भएको छ ।
बस्नेत यसअघि महानगरपालिकाको कमिटीले सिफारिस गरेको नाममा परेका थिए । अहिले उनी प्रदेश कमिटीबाट पनि सिफारिस भएका छन् ।
बस्नेतले कुनैबेला विराटनगरको ‘गुण्डानाइके’को छवि बनाएका व्यक्ति हुन् । उनको समूहले पत्रकार खिलानाथ ढकाललाई कुटपिटसमेत गरेको थियो ।
ठेकापट्टामा मुछिएर विवादमा आइरहने बस्नेतले विगतमा युवा संघमा समेत काम गरेका थिए । उनी पहिले पूर्वमन्त्री महेश बस्नेतनिकट मानिन्थे । अहिले यी दुईबीचको सम्बन्ध पहिलेको जस्तो नभएको बताइएको छ ।
विराटनगरको मेयरमा बस्नेतसहित सागर थापा, बाबुराम कार्की, महेश भट्टराई, रामलाल साह र जीवन घिमिरे पनि सिफारिस भएका छन् । यीमध्येबाट एमालेको केन्द्रले उम्मेदवार छान्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया