फेरि सर्यो एमालेको केन्द्रीय कार्यालय, कति तिर्नुपर्छ भाडा ?
काठमाडौं । नेकपा (एमाले)ले पार्टी कार्यालय थापाथलीबाट ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ ।
नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको शुक्रबार उदघाटन गरेका हुन् ।
कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन मासिक तीन लाख भाडामा पाँच वर्षका लागि लिएको हो ।
बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । उक्त पार्टी कार्यालय साघुँरो भएपछि एक वर्षअघि वैशाख ९ मा थापाथली सरेको थियो ।
त्यहाँ पनि कार्यालय सञ्चालनका लागि ठाउँ अभाव रहेकाले च्यासलमा सरेको कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया