जनप्रतिनिधिलाई सदाचार पालना गराउन एमालेका ६ बुँदे संकल्प
काठमाडौं । नेकपा (एमाले)ले वैशाख ३० मा हुने स्थानीय तहमा उठ्ने आफ्ना जनप्रतिनिधिलाई ६ बुँदे संकल्प प्रस्ताव जारी गरेको छ ।
नेकपा स्थापना दिवसको अवसरमा ललितपुरस्थित पार्टी कार्यालयबाट शुक्रबार घोषणापत्र जारी गर्दै संकल्प प्रस्ताव जारी गरेको हो ।
एमालेले जारी गरेको संकल्प प्रस्तावमा आफ्ना जनप्रतिनिधि सदाचार बन्ने, सुशासनको नमुना बन्ने, भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएको छ ।
६ बुँदे संकल्प :
१. हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन् ।
२. हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।
३. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमूना बन्ने छन् ।
४. हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।
५. हाम्रा जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।
६. हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारवाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य र पूर्वराजदूतसहितको टोली एमालेमा प्रवेश
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया