कांग्रेसले गठन गर्यो टिकट बाँड्ने बोर्ड, महानगरको जिम्मा देउवालाई
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनका उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय समिति गठन गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले टिकट बाड्न संसदीय बोर्ड गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बोर्डमा सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सदस्य छन् । साथै, बोर्डमा सबै १३ जना पदाधिकारी सदस्य छन् । १३ पदाधिकारी र वरिष्ठ नेता पोडेल गरी बोर्डमा १४ जना सदस्य रहेको बताइएको छ ।
टिकट बाँड्न बोर्ड गठन गरिएको भए पनि महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्ने जिम्मेवारी भने सभापति देउवा आफैँले लिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया