पोखराको मेयरका उम्मेदवारबारेको निर्णय पुनर्विचार गर्न एमालेमा छलफल
काठमाडौं । एमालेको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख (मेयर)मा उम्मेदवार बनाउन लागिएका दीपक पौडेलको विषयमा प्रश्न उठेको छ । उनीमाथि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूलेसमेत प्रश्न उठाएको एमाले स्रामेतले जनाएको छ ।
पौडेलमाथि प्रश्न उठेपछि पार्टी नेतृत्वलाई पुनर्विचार गर्न दबाब परेको बताइएको छ । यसैले एमाले अध्यक्ष केपी शर्मा ओली परामर्शमा जुटेका छन् । सोमबार बिहानसम्ममा निर्णय आउनसक्ने अनुमान छ ।
सचिवालय बैठकले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य पौडेललाई मेयर र उपमेयरमा मञ्जु गुरुङलाई टिकट दिने निर्णय गरेको थियो ।
पोखराजस्तो ठूलो सहरको मेयरका लागि पौडेल उपयुक्त पात्र नभएको धेरैले गुनासो गरेको एमाले स्रोतले जनाएको छ ।
बरु उपमेयरमा अगाडि सारिएकी गुरुङलाई मेयरमा उठाउँदा जित्नसक्ने नेता कार्यकर्ताहरूको दाबी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया