काठमाडौंको मेयरमा कांग्रेसबाट सिंहले गरिन् उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।
बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा पुग्दै सिंहले उम्मेदवारी दर्ता गराएकी हुन् । सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
सत्ता गठबन्धनमा काठमाडौंको मेयर कांग्रेसले पाएको थियो । अन्य दाबेदार भए पनि प्रकाशमानको बलियो प्रभाव रहेको काठमाडौंबाट उनकै पत्नीलाई उम्मेदवार बनाइएको हो ।
उपमेयर नेकपा एसले पाएको छ ।
काठमाडौंमा २०७४ सालमा भएको निर्वाचनमा मेयरमा एमालेको विद्यासुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् ।
शाक्यले झण्डै २० हजार मत अन्तरले जितेका थिए । तर, उपमेयरमा कांग्रेस उम्मेदवारले भने कांग्रेस मेयरका उम्मेदवार राजुराज जोशीको भन्दा १३ हजार बढी मत ल्याएकी थिइन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया