आत्महत्याको प्रयास गर्ने उम्मेदवारविरुद्ध उजुरी, आजै फैसला
काठमाडौँ । स्थानीय तहका लागि बैशाख १२ मा उम्मेदवारी दर्तापछि केहि उम्मेदवारमाथि विभिन्न खालका उजुरी परेका छन् । त्यसमध्ये एउटा उजुरी छ, बुटवल उपमहानगरपालिका वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालविरुद्ध ।
नेपाल ०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनी फेरि सोही पदका उम्मेदवार बनेका छन् ।
उम्मेदवारमाथि उजुरी गर्न निर्वाचन आयोगले दिएको बैशाख १३ गतेको समयमा वडाध्यक्षका उम्मेदवार नेपालमाथि आफैविरुद्ध अपराध गरेको भनी उजुरी परेको छ । उजुरीमा उनको उम्मेदवारी खारेजीको समेत माग गरिएको छ ।
वडाध्यक्षका उम्मेदवार नेपालले ०७६ भदौ २१ मा आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको भन्दै उजुरी परेको हो । नेपालको कुनै पनि कानूनले आत्महत्यालाई मान्यता दिएको छैन ।
इच्छा मृत्युको कानूनी मान्यता नपाएको नेपालमा आत्महत्या गर्नु वा प्रयास गर्नु दुवै अपराध हो । नेपालविरुद्ध पनि आत्महत्याको प्रयास गरेर अपराध गरेको भन्दै त्यस्तो व्यक्ति उम्मेदवार हुन नसक्ने भन्दै उजुरी परेको हो ।
नेपालमाथि परेको उजुरीमाथि निर्वाचन आयोगले भोलीसम्म फैसला दिने जनाएको छ ।
यस्तै नेपालमाथि अख्तियारमा पनि मुद्दा रहेको उजुरीमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया