नेपाली कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र नयाँ सदस्यता विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद थप गरेको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सदस्यता सम्बन्धी सम्पूर्ण कार्य गर्ने म्याद आगामी साउन ३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो।
यसअघि सदस्यता विवरण प्रविष्ट गर्ने अन्तिम म्याद असार २० गतेसम्म तोकिएको थियो। यद्यपि, वर्षायामका कारण वडादेखि क्षेत्रीय तहसम्म सदस्यता प्रक्रिया पूरा गर्न कठिनाइ भएको तथा सदस्यता विस्तारको कार्य जारी रहेकाले केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा म्याद थप्नुपरेको पार्टीले जनाएको छ।
सदस्यता अद्यावधिक वा वितरणका क्रममा कुनै विवाद वा समस्या देखिए सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। सोही सिफारिसका आधारमा समितिले आवश्यक छानबिन गरी सदस्यता अद्यावधिकको उचित व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
ताजा अपडेट
-
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
-
नेपाली कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद
-
बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित


प्रतिक्रिया