बागी उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ । सत्तारुढ गठबन्धनले गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन भित्रको दलले आफ्नो वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले ६ महानगर, ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । यस्तै गठबन्धन भित्रका दलका कार्यकर्ताले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी फिर्ताका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।
वैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाभित्र गठबन्धनको प्रदेश र जिल्ला संयन्त्र राखेर वडाका विभिन्न पदहरुमा भागबण्डा गर्ने समेत समझदारी भएको छ ।
यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धनका दलहरुवीच समझदारी भइसकेको सिट बाँडफाँट विपरीत परेका उम्मेदवारी फिर्ताका लागि निर्देशन दिने भएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया