प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।
नेपालको हस्तकलाको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे छलफल कार्यक्रम तय गरिएको हो ।
छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया