गगनको जवाफ : ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ओलीले ‘पागलहरूको प्रलाप’ भनेको विषयलाई लिएर उनले बुधबार जवाफ फर्काएका हुन् ।
महामन्त्री थापाले कांग्रेसको घोषणापत्रले एमाले अध्यक्ष ओलीको झुटको खेतीलाई चुनौती दिएको बताउँदै सोही सहन नसकेर उनले आफूहरूलाई ‘पागल’ भएको टिप्पणी गरेका छन् ।
बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले जवाफ फर्काएका हुन् ।
सो अवसरमा उनले झुटको खेतीलाई चुनौती दिनेहरूलाई पागल भन्ने ओलीलाई बानी परिसकेको आरोप लगाए ।
‘आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई उहाँले विगतमा पनि पागल भन्नुभएको थियो,’ उनले भने, ‘उहाँले अहिले पनि झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुभयो ।’
महामन्त्री थापाले ओलीलाई तर्क (लजिक) मन नपर्ने र जादु (म्याजिक) मात्र मन पर्ने आरोप लगाउँदै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले उनलाई मन नपरेको हुनसक्ने टिप्पणी गरे ।
‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन । त्यसैले उहाँलाई मन नपरेको हो,’ उनले भने ।
मंगलबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरूको प्रलाप’ भनेका थिए ।
महामन्त्री थापाले बुधबार त्यसैको जवाफ दिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया