दोलखामा ८३ ले फिर्ता लिए उम्मेदवारी
दोलखा । आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जानकारी दिए ।
भिमेश्वर नगरमा छ र जिरी नगरमा सातले उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै कालिञ्चोक गाउँपालिकामा नौ, गौरीशंकरमा नौ, तामाकोशीमा १६, मेलुङमा १७, विगुमा १२, वैतेश्वरमा छ र शैलुङ गाउँपालिकामा एकले गरी कूल ८३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया