बालेनमाथि स्थापितले लगाए जातीय पहिचान लुकाएको आरोप
काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जातीय पहिचान लुकाएको आरोप लगाएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेन तराई–मधेसको साह भएको बताए । बालेनले राजनीति गर्न आफूलाई पहाडिया ठकुरी शाह बनाएको उनको भनाइ थियो ।
‘बालेन आफूलाई म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ । हिजो के कुरा खुल्यो ऊ यहाँको शाह रहेनछ, मधेसतिरको साह रहेछ ।’
स्थापितले आफू मधेसको मानिस हुँ भन्ने आँट गरेर चुनावी मैदानमा आउन चुनौतीसमेत दिए ।
‘सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत अब के हुन्छ हेरौं ! म मधेसको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ उनले भने ।
स्थापितले बालेनमाथि विभिन्न अराजनीतिक टिप्पणीसमेत गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया