एमालेका अध्यक्ष उम्मेदवार विष्टविरुद्ध दुई उजुरी, पक्राउ पुर्जी जारी
काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
उनीमाथि दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुकदेव खनालले नेपालवाचलाई जानकारी दिए ।
उहाँविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोप लागेको छ । पक्राउ पुर्जी जारी भइसकेको छ । समाउने तयारीमा छौं’, उनले भने ।
उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मिलनकुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएका बताइएको छ ।
साथै, सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा पनि विष्टलाई जेल सजाय सुनाएको छ ।
एमालले यस्तो व्यक्ति उम्मेदवार बनाएको भनेर उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवार खारेज गरेको थिएन ।
पक्राउ पुर्जी जारी भएपछि विष्ट भने फरार रहेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया