सेनाले माग्यो ६८ डाक्टर तथा नर्स, आवेदन पर्सिसम्म दिन सकिने
काठमाडौं । वीरेन्द्र सैनिक अस्पताल छाउनीले चिकित्सक तथा नर्स गरी ६८ जनशक्ति माग गरेको छ ।
करार सेवाअन्तर्गत गरिएको विज्ञापनमा मेडिकल अधिकृत ८ जना माग गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थानबाट एमबिबिएस उत्तीर्ण गरी एनएमसी रजिस्टर भएकाले आवेदन दिन सक्ने सैनिक अस्पतालले जनाएको छ ।
बिएन र बिएससी नर्स १० जना मागिएको छ । मान्यता प्राप्त शिक्षण संस्थानबाट बिएन र बिएससी नर्सिङ उत्तीर्ण भई नर्सिङ काउन्सिलबाट उत्तीर्ण भएकालाई आवेदन दिन अस्पतालले सुझाएको छ ।
स्टाफ नर्समा सबैभन्दा धेरै ५० जना माग गरिएको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी लाइसेन्स लिएकाले यसमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को तेस्रो लहरबाट उत्पन्न प्रतिकूल परिस्थितिमा संक्रमित बिरामीको उपचारका लागि जनशक्ति माग गरेको अस्पतालले जनाएको छ ।
दरखास्त बुझाउने समय तीन दिन मात्र दिइएको छ । दरखास्त फाराम वीरेन्द्र अस्पताल छाउनीबाट लिन सकिनेछ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया