सर्वोच्चले आईजिपी नियुक्तिमा दिएन अन्तरिम आदेश, अब के हुन्छ ?
काठमाडौं । सर्वोच्च अदालतले आईजिपी नियुक्ति प्रकरणमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिइ आगामी जेठ १७ मा पूर्ण सुनुवाइको लागि पेश गर्न आदेश दिएको छ ।
आईजिपी नियुक्तिको मुद्दामा अब निर्वाचनपछि जेठ १७ पछि मात्रै हुनेछ । यसले आइजिपी धीरजप्रताप सिंहलाई तत्काल कुनै समस्या नहुने देखिएको छ ।
तर मुद्दाको अन्तिम किनारा लाग्न समय लागे साउन तेस्रो साताबाट एआइजी विश्वराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् ।
आगामी साउन २२ गतेसम्ममा यो प्रकरणको मुद्दाको अन्तिम फैसला नआए पोखेरेलको ५६ वर्षे उमेरहदले गर्दा अवकाश हुनेछ । वरिष्ठतालाई मिचेर सिंहलाई आईजिपी बनाइएको भन्दै खारेज गर्न माग गर्दै पोखरेलले रिट दायर गरेका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया