कुकुर कुटेको निहुँमा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरीद्वारा हवाई फायर
काठमाडौं । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बूढीनन्दा नगरपालिका– ९ मा चुनाव प्रचारप्रसारका क्रममा झडप भएको हो ।
नेकपा एसका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको स्थानीयले बताएका छन् । सोही निहुमा कांग्रेसका कार्यकर्ताले नेकपा एसका कार्यकर्तालाई कुटेका थिए । त्यसपछि नेकपा एसका कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए ।
आक्रोशित कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । तोडफोड भएपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । सो क्रममा तीन–तीनजना प्रहरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
घटना नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया