NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

जिम्बावे ‘ए’सँग यसकारण हार्यो नेपाल

काठमाडौं । नेपाली क्रिकेटमा लामो समयदेखि टड्कारो प्रश्न छ, बारम्बार नखेपालको ब्याटिङ किन धराशायी हुन्छ ? किन नेपालको ब्याटिङ कमजोर रहने गर्छ ? नेपालले जिम्बावे ‘ए’सँग एकदिवसीय खेलको सामना गर्दा फेरि त्यही प्रश्न तेर्सिएको छ ।

समस्या कहाँनिर छ भने यी प्रश्नको उत्तर झन् झन् जटिल र कठिन हुन थालेको छ । यस्तो हुँदैन थियो त शुक्रबारको खेलमा नेपाल पहिले ब्याटिङ गरेर १ सय ३६ रनमै अलआउट हुने थिएन ।

सायद जिम्बावेली टिमलाई नेपालको ब्याटिङ समस्याबारे प्रष् थाहा थियो । त्यसैले टस जिटेर जिम्बावेले पहिलो बलिङ गर्न दुईपल्ट सोचेन । शुक्रबारको दिन काठमाडौंमा पानी पर्ने सम्भावना पर्याप्त थियो । यस्तोमा ज्म्मिावेलाई राम्रोसँग थाहा थियो, खेल चाँडै सकिएमा राम्रो । भ्रमणकारीको त्यो इच्छा पनि नेपाली ब्याट्सम्यानले मज्जाले पूरा गरिदिए । तेपालले तेस्रो ट्वान्टी–२० जितेर थपिएको उत्साह एकदिवसीयको यो हारले किरकिर सावित भएको छ ।

नेपालका कोही पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालले नियमित अन्तरमा विकेट गुमाइरह्यो । नेपालका सात ब्याटर एकल अंक स्कोरमै सीमित रहे । नेपालले तेस्रो, चौथो र पाँचौं ओभरमा लगातार विकेट गुमाएपछि आफूलाई सम्हाल्न नै सकेन । प्रश्न के रहने गर्छ भने ट्वान्टी–२० मा ठीकठाक प्रदर्शन गर्ने गरेको नेपाल एकदिवसीयमा पनि चुक्ने गर्छ ? ट्वान्टी–२० क्रिकेटमा बलिया देखिने नेपाली खेलाडीहरू एकदिवसीय भनेपछि एकाएक किन कमजोर हुन्छन् ? आजको कान्तिपुर दैनिकमा खबर छ ।