प्रहरीको अनुरोध : चुनाव प्रचारका क्रममा अपरिचितले दिएको प्रसाद नखानू

काठमाडौं । स्थानीय तह निर्वाचनको घरदैलो कार्यक्रमका क्रममा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन सेवन नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अपरिचितले दिएको प्रसाद वा सगुन सेवन गरेपश्चात् बेहोस हुन र चक्कर लागेर लड्नेजस्ता घटना भएको पाइएकोले सचेत रहन सबैलाई आग्रह गरेको हो ।
यस्ता घटना भएको पाइएमा तुरुन्त खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया