चुनावी प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ताको हत्या
काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा चितवनमा कांग्रेसका एक कार्यकर्ताको हत्या भएको छ ।
भरतपुर–७, कृष्णपुरमा आइतबार साँझ अनिल परियारको छुरा प्रहारबाट हत्या भएको हो । कांग्रेसको चुनावी प्रचारमा रहेको परियारको भएको प्रहरीले जनाएको छ । हत्याको कारण अहिलेसम्म खुलेको छैन ।
छुरा प्रहारबाट गम्भीर घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा रहेका बेला उनीमाथि छुरा प्रहार भएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया