‘आज रातिदेखि मतदानस्थलको तीनसय मिटरभन्दा नजिक मदिरा सेवन नगरौंँ’
काठमाडौं । स्थानीय चुनावका मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता पनि धमाधम लागू गरिँदैछ । सोहीअन्तर्गत आज रातिबाट मदिरा बेच्न रोक लगाइएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ मा भएको व्यवस्थाको कार्यान्वयन भन्दै निर्वाचन आयोगले आज राति १२ बजेदेखि तोकिएको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरेको छ ।
तर, सबै स्थलमा मदिरा बिक्री वितरण गर्न नपाउने भने होइन । आयोगका अनुसार आज रातिदेखि मतदानस्थलभन्दा तीनसय मिटर दूरीसम्म मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन छैन । त्यस्तै, मतदानको दिन शुक्रबार भने सबै ठाउँमा मदिरा बिक्री निषेध गरिएको आयोगले जनाएको छ ।
योसँगै आज रातिबाटै निर्वाचन आचारसंहिताअन्तर्गत मौन अवधि लागू हुनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया