नेपालका यी भू–भाग जहाँ हुनेछैन स्थानीय निर्वाचन
काठमाडौं । नेपालले आफ्नो भू–भाग भएको दाबी गर्दै नक्सा छापेका तीन भू–भागमा स्थानीय तहको निर्वाचन नहुने भएको छ ।
देशको राजनीतिक र प्रशासनिक नक्सामा समावेश गरिएका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा यही वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचन हुने कुनै सङ्केत नदेखिएको सरकारी निकायका अधिकारीका भनाइबाटै पुष्टि हुन्छ ।
यी तीन क्षेत्रलाई नेपालले दार्चुलाको व्यास गाउँपालिकामा राखेको छ । यद्यपि, उक्त क्षेत्रमा बसोबास गर्ने कसैको नाम पनि मतदाता सूचीमा नभएको निर्वाचन आयोगले जनाएको छ ।
गुन्जी, कुटी र नाभीलगायतका ती गाउँमा जनगणना नभएको र त्यहाँका मानिससँग नेपाली नागरिकतासमेत नभएकाले निर्वाचन सम्भव नभएको आयोगका एक अधिकारीले बताए ।
यस विषयमा गृह मन्त्रालय भने पन्छिएको छ । त्यहाँका एक अधिकारीले निर्वाचन अधिकृतहरू दार्चुला जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा पुगिसकेको दाबी गरे ।
तर, त्यसमा लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्पूर्ण मतदान केन्द्रमा पर्छन्–पर्दैनन् भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् ।
लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा छपाएर आफ्ना भू–भाग नेपालले भएको दाबी गरे पनि भारतले पनि ती स्थान आफ्नो भएको दाबी गर्दै आएको छ ।
यतिमात्र होइन यी तीन क्षेत्रमा भारतकै सुरक्षाकर्मी छन् । त्यहीँको कानुन चल्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया