मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीमाथि लाग्यो पैसा बाँडेको आरोप
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित गरेको आरोप एक उम्मेदवारकी श्रीमतीलाई लागेको छ ।
बुटवल उपमहानगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई आज यस्तो आरोप लागेको हो ।
मायाले आफ्ना उम्मेदवार पति बाबुरामको पक्षमा मत दिन आग्रह गर्दै पैसा बाँडेको आरोप लागेको छ ।
बुटवलको मजुवास्थित सुकुम्बासी बस्तीमा गएकी मायालाई कांग्रेस कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै नाराबाजी गरेका थिए ।
त्यसपछि उनलाई स्थानीय सिर्जना भुसालको घरमा थुनेका थिए । अहिले प्रहरीले उनको उद्धार गरेको छ ।
साथै, प्रहरीले अहिले माया बसेको घरमा खानतलासी गरिरहेको जनाइएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया