प्रचण्डकी बुहारीद्वारा मौन अवधि उल्लंघन, झण्डावाल गाडी चढेर मागिन् भोट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले निर्वाचन आचारसंहिता तोडेकी छिन् ।
माओवादीकी सांसद तथा पूर्वमन्त्री मगरले मौन अवधिको अवज्ञा गर्दै आज कञ्चनपुरको लालझाडी गाउँपालिकामा मत मागेकी छिन् ।
बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनले माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागेको स्थानीयले बताएका छन् ।
उनले त्यहाँको एउटा घरमा गएर ४०–५० जना मानिस भेला गराउँदै मत मागेको बताइएको छ ।
मगरको गृहनगर बेलौरी महानगरपालिकाअन्तर्गतको पुनर्वास हो । उनी चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन् ।
मौन अवधीमा सभा, भेला, र्याली गर्न नपाइनुका साथै उम्मेदवारले चुनाव चिन्ह राखेको झण्डासमेत गाडीमा राख्न पाउँदैन । तर, नेता मगरले यो सबै उल्लंघन गरेकी छिन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया