हत्या आरोपमा वडाध्यक्षका उम्मेदवार पक्राउ
काठमाडौं । रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष उम्मेदवार महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढा हत्या आरोपमा पृथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा र कुमारसिंह बुढा पक्राउ परेका हुन् ।
उनीहरू तीनै जना माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकामध्ये जयकुमार बहालवाला वडाध्यक्ष हुने भने कुमारसिंह माओवादीबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
१९ वैशाखमा चुनावी प्रचारका क्रममाा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको थियो । जसक्रममा केही घाइते भएका थिए भने जुनमाया बेपत्ता थिइन् । खोजतलासका क्रममा बुढाको शव स्थानीय जंगलमा सोमबार फेला परेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया