एमालेबाट काठमाडौंको उपमेयरमा उठेकी सुनीता अर्जेन्टिनाकी फ्यान
काठमाडौं । एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनीता डंगोल अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीकी फ्यान भएको तथ्य बाहिरिएको छ ।
पूर्वमिस नेवाःसमेत रहेकी सुनीताले अर्जेन्टिनाको जर्सी लगाएको तस्बिर बाहिरिएसँगै त्यो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।
तस्बिरमा सुनीतासँगै उनका परिवारका सदस्यहरू अर्जेन्टिनालाई समर्थन गरिरहेका छन् । उनीसँगै दुई–तीन जनाले त अर्जेन्टिनाको जर्सी नै लगाएर सो टोलीको समर्थनमा रहेको पाइएको छ । त्यहाँ सुनीता पहिलो पंक्तिमा रहेर सेल्फी लिइरहेकी देखिन्छिन् ।
कतारमा विश्वकप फुटबल सुरु हुन ६ महिनामात्र बाँकी छ । विश्वकपको ड्र पनि भइसकेको छ । कतिपय फुटबल फ्यानलाई विश्वकपको ज्वरोले छोइसकेको छ ।

नेपालमा लियोनल मेसीको अर्जेन्टिना र नेइमारको ब्राजिलका फ्यान धेरै छन् । यस्तोमा उममेयरकी चर्चित उम्मेदवार सुनीता अर्जेन्टिनाकी फ्यान भएको तथ्य बाहिरिएपछि फुटबल समर्थक यसलाई लिएर ठट्टा–मजाक गरिरहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया