निर्वाचन आयोगको ब्रिफिङ: स्थानीय चुनावको सबै तयारी पूरा, ६६ जनालाई स्पष्टीकरण सोधियो
काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तयारी पूरा भएको जानकारी दिएका हुन् ।
‘३० वैशाख हुने स्थानीय तह निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको छ,’ उनले भने ।
२७ वैशाख मध्यरातिदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको बताउँदै उनले यो बीचमा आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको जानकारी दिए ।
पत्रकार सम्मेलनपछि विज्ञप्ति जारी गर्दै आयोगले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि प्रधानमन्त्रीपत्नी आरजु राणालाई समेत स्पष्टीकरण सोधिएको जनाएको छ ।
हेरौं विज्ञप्ति :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया