११ बजेसम्म खस्यो १५ प्रतिशत मत
काठमाडौं । स्थानीय तह निर्वाचनमा अहिलेसम्म देशभर १५ प्रतिशत मत खसेको छ ।
शुक्रबार बिहान ११ बजेसम्म देशभरका स्थानीय तहमा १५ प्रतिशत मतदाताले मत जाहेर गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, देशभरका १५ मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । राजनीतिक दलबीचको विवाद, झडपलगायत कारणले मतदान स्थगित भएका हुन् । स्थिति तनावग्रस्त बनेपछि कतिपय स्थानमा प्रहरीले हवाई फायर नै गरेको छ ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
स्थानीय तह निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताले मत जाहेर गरेर यिनैमध्येबाट जनप्रतिनिधि चयन गर्नेछन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया