टीकापुरमा १८ मतदान अधिकृत महिला

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ९ वडा रहेको टीकापुरमा १६ मतदान केन्द्र तथा ५७ मतदानस्थल छन् ।
५७ मतदानस्थलमध्ये १८ मा मतदान अधिकृत महिला तोकिएका छन् । त्यसैगरी २५ महिला सहायक मतदान अधिकृतमा खटाइएको नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो निर्वाचनलाई हेर्दा यी बुथमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी पाउनेमा महिलाको संख्या बढेको जनाइएको छ । टीकापुर नगरको प्रशासकीय अधिकृत रञ्जु आचार्यले यसपटक मतदान अधिकृत महिलाको संख्या बढेको बताए । “यसपाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा महिलाको सङ्ख्या बढेको छ, त्यहाँ खटेका अन्य महिला कर्मचारीको सङ्ख्यासमेत बढी छ”, आचार्यले भने ।
यसअघि सहायक वा सहयोगी कर्मचारी भएर निर्वाचनमा खटिएका महिला यसपटक मतदान अधिकृत हुन पाउँदा जिम्मेवारीसँगै सिकाइसमेत हुने बताउँछन् । टीकापुर नगरको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले स्थानीय तहका कर्मचारी नै निर्वाचनमा खटिएकाले टीकापुरमा कार्यरत कर्मचारी महिलाको सङ्ख्या धेरै भएकोमा खुसी व्यक्त गरे । उनले भने, “महिला कर्मचारीको सङ्ख्या बढेपछि यसपटक निर्वाचनमा समेत महिलाले जिम्मेवारी पाएका हुन् ।”
उनका अनुसार पुरुष मतदान अधिकृत रहेका ठाउँमा महिला कर्मचारी धेरै खट्नुभएकाले यसले महिलालाई सिक्ने अवसर र जिम्मेवारी पूरा गर्न सक्षम छन् भन्ने देखाउँछ । टीकापुर नगरमा ५२ हजार ८७२ मतदाता छन् ।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया